केएफसीले भरतपुरको सीजी ल्यान्डमार्कमा नयाँ आउटलेट

१९ चैत, चितवन । विश्वविख्यात अमेरिकी फास्टफुड चेन केएफसीले चितवनमा पनि आउटलेट सुरु गरेको छ । केएफसीले चितवनको भरतपुरस्थित अत्याधुनिक व्यापारिक कम्प्लेक्स सीजी ल्यान्डमार्कमा नयाँ आउटलेट खोलेको हो ।

उक्त आउटलेटको उद्घाटन सीजी ल्यान्डमार्कका अध्यक्ष राजेन्द्र अर्याल र म्यानेजर उज्ज्वल केसीले बुधबार गरेका हुन् । नेपालमा केएफसीको अधिकृत प्रतिनिधि देवयानी इन्टरनेशनलले केएफसी सञ्चालनमा ल्याएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै विज्ञापन व्यवसायीसमेत रहेका अर्यालले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डलाई चितवनका उपभोक्तामाझ पु¥याउने सीजी ल्यान्डमार्कको उद्देश्य अनुरुप केएफसीलाई चितवन भित्र्याएको बताए ।

पोल्ट्रीको राजधानी मानिने चितवनमा चिकेन परिकारमा विश्वभर ख्याति कमाएको केएफसीको प्रवेशले यहाँको पोल्ट्री व्यवसाय प्रवद्र्धनमा समेत योगदान गर्ने अर्यालले बताए । केएफसीले अन्तर्राष्ट्रिय स्वादका परिकार पस्केर चितवनसँग सुमधुर सम्बन्ध विकास गर्ने समेत उनको भनाइ छ ।

सीजी ल्यान्डमार्कका म्यानेजर केसीले मल कल्चरमा आकर्षित चितवनबासीलाई केएफसीले अर्को अन्तर्राष्ट्रिय ब्रान्डसँग जोडेको बताए । यसले चितवनको आधुनिक जीवनशैलीमा उचाइ थप्ने उनको भनाइ छ ।

कोभिड–१९ को महामारीबीच सञ्चालनमा आएको केएफसीले ग्राहकलाई संक्रमणबाट जोगाउन अन्तर्राष्ट्रिय स्तरको चार तहको सुरक्षा मापदण्ड अपनाएको छ । केएफसीका सम्पूर्ण परिकार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार हुने र उच्च गुणस्तरका छन् ।

यो केएफसी १५१५ वर्गफिट क्षेत्रफलमा सञ्चालन भएको छ । यसले एकपटकमा ४० जनालाई सेवा दिन सक्नेछ । रेस्टुरेन्टले सुरुकै दिनबाट ‘टेक अवे’ र ‘मेरो किनमेल’मार्फत होम डेलिभरी सेवा सुरु गरिसकेको छ । यो रेस्टुरेन्टमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment