आज ४ सयले घट्यो सुनको मुल्य

१८ चैत, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । मंगलबार सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोवार भएको थियो ।

बुधबार (आज) छापावाल सुन प्रतितोला ८५ हजार ६ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा खरिदबिक्रि भएको छ ।

त्यस्तै, बुधबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment