न्युजिल्याण्डलाई टी-ट्वान्टी सिरिज

१७ चैत, एजेन्सी । घरेलु टिम न्युजिल्याण्डले बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ । नेपियरमा मंगलबार भएको दोस्रो खेलमा बंगलादेशलाई डीएल पद्दतिको आधारमा २८ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै जितेको हो ।

न्युजिल्याण्डले पहिले ब्याटिङ गर्दै १७ ओभर ५ बलमा ५ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।  तर, वर्षाको कारण पुरै खेल नहुदा बंगलादेशले डीएल पद्दतिको आधारमा जितका लागि १६ ओभरमा १ सय ७१ रनको लक्ष्य पायो ।

जवाफमा बंगलादेशले ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । बंगलादेशका सौम्य सरकारले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । मोहमद नाइमले ३८ रन जोड्दा कप्तम मोहमुदउल्लाहले २१ रन बनाए । न्युजिल्याण्डका टिम साउथी, हामीस बेन्नेट र एडम मिल्नेले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै मिचेलले अविजित ३४ रन जोड्दा मार्टिन गुप्टिलले २१ रन बनाए । बंगलादेशका मेहदी हसनले २ विकेट लिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment