साउनदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री

१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने उद्घोष गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १ साउन २०७८ देखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको हो ।

तीन वर्षअघिको निर्वाचनमा तत्कालीन नेकपा माओवादीसित गठबन्धन गरेर चुनावमा गएको तत्कालीन नेकपा एमालेको संयुक्त चुनावी घोषणापत्रमा वृद्धभत्ता प्रतिमहिना ५ हजार पु¥याउने प्रतिबद्धता थियो । तर, तीन वर्षमा वृद्धभत्ता दुई हजारबाट तीन हजार मात्र पुगेको छ ।

वृद्धभत्तासँगै एकल महिला भत्तालगायत अन्य सामाजिक सुरक्षा भत्तासमेत वृद्धि हुने प्रधानमन्त्रीको भनाइ छ । घोषणापत्रको प्रतिबद्धता कार्यान्वयनका लागि यो सरकारले प्रतिमहिना दुई हजार रुपैयाँ भत्ता बढाउनुपर्ने आवश्यकता छ । दुई दलबीच पार्टी एकीकरण भएर हाल अदालतको निर्णयका कारण फेरि पार्टी अलग भइसकेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment