होली खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

१७ चैत, बारा। कलैया उपमहानगरपालिका-२३ भथौडामा होली खेल्ने क्रममा झै-झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया संजा देवीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

झै-झगडा तथा कुटपिट हुँदा ७ जना घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र अस्थाई प्रहरी पोष्ट शिक्षाबाट खटिएको प्रहरीले गम्भीर घाइते संजा देवीलाई उपचारको लागि भवानी अस्पताल वीरगञ्ज पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

अन्य ६ जनालाई उपचारको लागि एनएमसि वीरगञ्ज पठाइएको र अवस्था सामान्य रहेको छ ।

झै-झगडा तथा कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २३ वर्षीय ओम प्रकाश गुप्ता समेत ४ जना र प्रहरी माथि हातपात गर्ने १ जना गरी ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस् ;



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment