आईपीएलमा फिल्ड अम्पायरले सप्ट सिग्नल दिन नपर्ने

१६ चैत, एजेन्सी । इण्डियन प्रीमियर लीग (आईपीएल) को १४ औं संस्करणमा कुनै निर्णय तेस्रो अम्पायरलाई दिनु पुर्व फिल्ड अम्पायरले सप्ट सिग्नल दिन नपर्ने नियम बनाईएको छ ।

बीसीसीआईले हाल अन्तराष्ट्रिय क्रिकेटमा अम्पायरले दिने सप्ट सिग्नलका कारण पटक पटक विवाद आईरहेका कारण यस्तो निर्णय गरेको हो यस्तै तेस्रो अम्पायरले फिल्ड अम्पायरको नो–बल र सट रनको निर्णय पनि परिवर्तन गर्न भएका छन् ।

यस अघि भारतीय टीमका कप्तान विराट कोहलीले पनि सफ्ट सिग्नल नियम हटाउनु पर्ने माग गरेका थिए । कोहलीले अम्पायरको यस्तो निर्णयले खेलको नतिजा समेत बद्लन सक्ने जिकिर गरेका थिए ।

फिल्ड अम्पायरले कुनै निर्णयमा आफु निश्चित नभएको खण्डमा सो केस तेस्रो अम्पायरमा स्थानान्तरण गर्दथे । त्यो भन्दा पहिले उनीहरूले आफ्नो निर्णय सफ्ट सिग्नल अनिवार्य दिनु पर्दथ्यो तर यस संस्करणको आईपीएलमा फिल्ड अम्पायरले सफ्ट सिग्नल दिन सक्ने छैनन् ।
‘यस प्रणालीसँगै तेस्रो अम्पायरले कुनै दबाब बिना स्वतन्त्र निर्णय दिन सक्ने छन् ।

फिल्ड अम्पायरले सफ्ट सिग्नल दिदा तेस्रो अम्पायरको निर्णयलाई असर पर्ने गर्दछ तर, अव यस्तो हुने छैन,’ बीसीसीआईले भनेको छ । १४ औं संस्करणको आईपीएल ९ अप्रिलबाट शुरु हुँदै छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment