भारतले दियाे ३३७ रनकाे लक्ष्य

१४ चैत, काठमाडौं । इंग्ल्याण्डविरुद्धको दोस्रो एकदिवसिय खेलमा भारतले तीन सय ३७ रनको लक्ष्य दिएको छ ।

पुणेमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ३६ रन बनायो । उसका लागि लोकेश राहुलले शतकीय पारी खेले ।

राम्रो सुरुवात गर्न नसकेको भारतले नौ रनमा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर शिखर धवन मात्र चार रनमा आउट भएका थिए । त्यसपछि रोशित शर्मापनि ब्यक्तिगत २५ रनमा पेभेलियन फर्किएपछि भारतले ३७ रनमा दोस्रो विकेट गुमायो ।

तेस्रो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुलले एक सय २१ रनको साझेदारी गरेपछि टिम बलियो स्थितीमा पुगेको थियो । जसमा कोहलीले ६६ रनको योगदान गरे ।

त्यसपछि क्रिजमा आएका रिसब पन्तले पनि राहुलसँग अर्को शतकीय साझेदारी गरे । जसमा राहुलले एक सय आठ रन बनाए भने पन्तले ७७ रनको योगदान गरे । यस्तै हार्दिक पाण्ड्याले ३५ तथा कुर्नाले १२ रन बनाए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment