पोखरामा रेस्लिङ आयोजना हुदै

१२ चैत, काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आरडब्लु च्याम्पियनसिप पर्यटकीय नगरी पोखरामा हुने भएको छ । पोखरा रंगशालाको कभर्डहलमा रेस्लिङ चैत २० र २१ गते हुने आयोजक संघकी महासचिव सुवर्णाकेशरी श्रेष्ठले जनाएकी छन् ।

प्रतियोगितामा नेपालका ३५ जना रेसलरको सहभागिता रहने छ । च्याम्पियन रेसलरले नगद १ लाख र आर्कषक बेल्ट तथा दोश्रोले नगद ५० हजार प्राप्त गर्ने छन् । करिब २९ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्ने छ ।

आरडब्लु च्याम्पियनशिप (रिङ रेस्लिङ) लाई लक्ष्य गरेर खेलाडीहरु पनि लैनचौरको हनुमान चोक स्थित रिङ रेस्लिङ डोजोमा तालिम गरिरहेका छन् । आरडब्लु च्याम्पियनसिपमा नुवाकोटे टाईगर, डेविड, युव, चटान, दिलसा, डेनीका, पल, थागुलगायतको २० जना खेलाडी रिङ रेस्लिङ डोजोमा हाल प्रशिक्षणमा जुटेका छन् ।

अघिल्लो प्रतियोगिताका विजेता डेविड हुन् । प्रतियोगिताको निर्णायकको भूमिकामा मुख्य निर्णायक प्रदिप पाण्डे सहायक निर्णायकहरु शिसम मनी, दिनेश श्रेष्ठलगायत रहने छन् ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment