सुन तोलामा २ सय रुपैयाँले बृद्धी

१२ चैत, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ ।

आज बिहिबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको प्रतितोला १० रुपैयाँले घटेको छ।

बिहीबार छापावाला सुन प्रतितोला ८६ हजार ९०० र तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। अघिल्लाे दिन बुधबार छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

बिहीबार चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा खरिद बिक्री भएको थियो।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment