नेपाल एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

११ चैत, काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच ग्राहकलाई सहुलियतलक्षित सम्झौता भएको छ ।

एसबिआई बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकलाई सिद्धार्थ ग्रुपका १९ आउटलेटका विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता कार्यक्रममा बैंकका सल्लाहकार छपिराज पन्त तथा व्यवसाय प्रवर्धन शाखाका प्रविनमुनि बज्राचार्यको समेत उपस्थिति थियो । सम्झौताले बैंकका ग्राहकलाई सुविधा दिने विश्वास बैंकले लिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment