बैंक काण्डः नेपाल बंगलादेश बैंक र किर्ते काण्ड रविन्द्र महर्जनकाे सेटिङ्गमा हिरासतबाटै २२ करोड ऋण लिएकाे खुलासा

११ चैत, काठमाडौं । नक्कली कागजात बनाएर करोडौंको ठेक्का हत्याएको अभियोगमा पक्राउ परेका भ्याली कन्स्ट्रक्सनका मालिक रविन्द्र महर्जनले एक बैंकबाट २२ करोड रुपैयाँ ऋण निकालेको खुलाशा भएको छ ।

नेपाल बंगलादेश बैंकबाट महर्जनले २२ करोड रुपैयाँ निकालेको सोही कम्पनिमा कार्यरत एक कर्मचारीले मिडियामा भनेका छन्। ‘उहाँले नेपाल बंगलादेश बैंकबाट यहि कम्पनि राखेर २२ करोड ऋण निकाल्नु भएको छ । बैंकमा कम्पनिको स्क्याभेटर र गाडीहरु छन् । ३ वटा त प्राडो गाडी नै छ,’ भ्याली कन्स्ट्रक्सनमा कार्यरत एक कर्मचारीले भने,‘उहाँ पक्राउ परेपछि बैंकलाई समेत समस्या पर्ने देखिन्छ ।’

चैत्र ४ गते प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका महर्जनले संस्कृत तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रवद्र्धन तथा विकास समितिको लेटरप्याड किर्ते गरि चपुर–०९ स्थित निर्माण कार्य नै नभएको बहुतल्ले अस्पताल भवन निर्माण सम्पन्न भएको भनि त्रिचालिस करोड ३७ लाख पचपन्न हजार रुपैयाँ पैसा समेत बुझेको भन्दै संस्थालाई नै हस्तान्तरण गरेको प्रमाणित गरेको किर्ते कागजात बनाएका थिए ।

उनले नेपाल सरकारका अन्य ठेक्कामा समेत उनले किर्ते कागजात बुझाएका थिए ।

सिआइबी स्रोतका अनुसार;
उनले कर चुक्ता प्रमाण पत्र समेत नक्कली बनाएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढेको छ । यद्धपी एथेष्ट प्रमाण हात परेको छैन ।महर्जनको कम्पनिले भ्यालि कन्स्ट्रक्सनबाट ललितपुरमा चार वटा विद्यालय निर्माण गरेका छन् ।

उनले धादिङ र मकवानपुरमा गरि १९ वटा विद्यालयको ठेक्का हत्याएका छन् । मकवानपुरमा १९ वटा विद्यालयको ९५ प्रतिशत काम सम्पन्न गरिसकेको पाइएको छ । त्यस्तै धादिङमा १० वटा विद्यालयको भवन ३ महिनाअघि देखि निर्माण शुरु गरेको पाइएको छ ।

पक्राउ परेका महर्जनको उच्च राजनीतिक दलका नेतासँग समेत उठबस भएको पाइएको छ । पूर्व डिआइजी तथा नेकपा एमाले ओली समुहका सांसद नवराज सिलवालसँग समेत उनको निकै घटिष्ट सम्बन्ध रहेको स्रोतले जनाएको छ ।

नक्कली कागजातका आधारमा ठेक्का हत्याएका महर्जनले बैंकमा बुझाएको विवरणमा समेत आशंका उब्जिएको छ । नक्कली कागजातकै आधारमा २२ करोड रुपैयाँ ऋण दिएको पुष्टि भए नेपाल बंगलादेश बैंकका उच्च अधिकारी समेत फस्न सक्ने खतरा बढेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment