इंग्ल्यान्डविरुद्ध पहिलो एकदिवसीयमा भारत विजयी

११ चैत्र, काठमाडौँ । पाहुना टोली इंग्ल्यान्डविरुद्धको भारतले पहिलो एकदिवसीयमा विजयी भएको छ ।

पुनेमा मंगलबार भएको पहिलो एकदिवसीयमा भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गरेको हो ।

जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

भारतले दिएको ३ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ४२ ओभर १ बलमा अलआउट हुँदै २ सय ५१ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि जोनी बेयर्स्टोले ९४ रनको इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

इंग्ल्यान्डलाई सस्तैमा रोक्न भारतका डेब्यु खेलाडी प्रशिद्द कृष्णले ४ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो ।

भारतका शिखर धवनले ९८ रनको अर्धशतकीय इनिङ्स खेल्दा केएल राहुलले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment