ने क पा एमाले माधव पक्ष अनेरास्ववियुको राष्ट्रिय भेला

१० चैत, काठमाडौं । काठमाडौ महानगरपालिका वडा २८ कमलादी स्थित नेपाल प्रज्ञाप्रतिष्ठान भवनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन राष्ट्रिय कार्यक्रर्ता भेला आयोजना गरेको छ ।

आज दिउँसो १२ बजेबाट सुरु भएको ने क पा एमालेको माधव पक्षको (अनेरास्ववियु ) निकट समूहले आयोजना गरेको हो ।

अनेरास्ववियु माधव नेपाल , झलनाथ खनाल निकट समूहले शैक्षिक विकुति र सागंठनिक अराजकताकाे अन्त्य गराैं । अनेरास्ववियुलाई एकतावद्ध र सुदृढ बनाऔं । भन्ने मुल नारा सहित राष्ट्रिय कार्यक्रर्ता भेला कार्यक्रममा सञ्चालन भएको छ ।

उक्त आयाेजकका संगठनका केन्द्रीय सचिव ओसिम अलामकाे अध्यक्षतामा रहेको छ । साथै कार्यक्रममा ने क पा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालकाे प्रमुख अतिथि रहेका छन् ।

कार्यक्रमा उपस्थित अन्य अतिथिहरुमा ने क पा स्थाई सदस्य तथा पूर्व मन्त्री सुरेन्द्र पाण्डे, माेर्चा संगठनका प्रमुख तथा पूर्व मन्त्री गाेकर्ण विष्ट , पाचौं अखिल अध्यक्ष टक कार्की , पाेलिब्युराे सदस्य नागेन्द्र चाैधरी, पूर्व अनेरास्ववियु अध्यक्ष ठाकुर गैरे, अनेरास्ववियुका केन्द्रीय सचिव सुदेश पराजुली लगायत करिब नेता तथा कार्यकर्ता उपस्थित रहेको आयोजकले जानकारी दियो ।

उक्त कार्यक्रम करिव १२ सय जति संख्यामा उपस्थित जनाएका छन् ।

साथै यहि कार्यक्रमा सफल बनाउन काठमाडौं महानगरपालिका ३१ मिनभवन क्याम्पसबाट ने क पा नेपाल – खनाल पक्ष निकट अनेरास्ववियु बिद्यार्थीहरुले राष्ट्रिय कार्यकर्ता भेलाकाे लागि भुपेन्द्र शाहकाे नेतृत्वमा २५/३० जना बिद्यार्थी भेला गरि क्याम्पस गेट बाट मिनभवन चाेक सम्म र्‍याली निकालेर प्रदर्शनी मार्गतिर प्रस्थान गरेका छन् ।

मिनभवनबाट र्‍यालीमा सहभागिहुदै विद्यार्यीहरु



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment