आजको खेलकुद गतिविधी

१० चैत, काठमाडौं ।

राजदूत सुकको स्वागत

नेपाल तेक्वान्दो संघले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क चोङ सुक ९एबचप ऋजयलन क्गप० को सम्मानमा सोमबार स्वागत कार्यक्रम आयोजना ग¥यो ।


सातोबाटोस्थित तेक्वान्दो एकेडेमीको भवनमा आयोजित कार्यक्रममा तेक्वान्दो संघका पदाधिकारीले खादा र पुष्पगुच्छा प्रदान गरी स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि सुकलाई शुभकामना दिएका थिए । तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले सुकलाई प्रशंसा पत्र प्रदान गरे भने महासचिव दीपराज गुरुङले माया चिनो प्रदान गरे ।


कार्यक्रमलाई सम्बोधन गर्दै सुकले नेपालमा तेक्वान्दो खेल निकै लोकप्रिय रहेको र खेलाडी संख्या पनि उल्लेख्य रहेको आफूलाई जानकारी भएको धारणा व्यक्त गरे । उनले नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली खेलाडीले उत्कृष्ट नतिजा हासिल गरेकोमा बधाइ दिदै अब टोकियो ओलम्पिकमा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।


अध्यक्ष राणाले नेपाली तेक्वान्दोको विकासमा कोरियाली सरकारको महत्वपूर्ण रहँदै आएको स्मरण गर्दै सुकको कार्यकालमा सहयोगले अझ व्यापकता पाउने विश्वास व्यक्त गरे । सो अवसरमा एनटीए डेमो टिमले आकर्षक प्रस्तुती प्रदर्शन गरेका थिए ।

सन्जिव र प्रेमलाई स्वर्ण


सन्जिव नेपाली र प्रेमकुमार दर्नालले उताह अन्तर्राष्ट्रिय अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।
पुरुष ३१–४० वर्षमा सन्जिवले अमेरिकाका जोन स्विनेलाई पछि पारे । ४१–५० वर्षमा प्रेमले अमेरिकाकै रायन किफेलाई पन्छाए ।
महिला १८–३० वर्षमा सन्दिपा अम्गाईंले रजतमा चित्त बुझाइन् । सन्दिपा सिंगापुरकी पोह वान जर्जियासंग चुकिन् । प्रतियोगिता अमेरिकाको ओङ्स तेक्वान्दो स्कुलको आयोजनामा मार्च २१ र २२ तारिखमा भएको थियो ।

एमएम कपका लागि एक्सन स्पोर्ट्ससंग सम्झौता


एमएम कपका लागि डिजिटल राइट्स र प्रत्यक्ष प्रशारणका लागि एक्सन स्पोर्ट्स सञ्चालन गर्दै आएको ओइपीएलसंग सोमबार सम्झौता भएको छ ।


आयोजक एमएम कपका निर्देशक विप्लव घोष र ओइपीएलका अध्यक्ष दयाराम पाण्डेले आगामी ३ संस्करणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।


एक दिवसीय एमएम कप क्रिकेटको तेश्रो संस्करण यसपटक कीर्तिपुर क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा बैशाखा २५ गतेदेखि सुरु हुँदै छ । पछिल्लो दुई संस्करण सुनसरीको इनरुवामा भएको थियो । एमएम कपमा सातै प्रदेश र ३ विभागीय गरी १० पुरुष टोलीको सहभागिता रहने छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment