रू रू जलविद्युत परियोजना लिमिटेडको आयोजना प्रभावित स्थानीयका लागि विक्री आईपीओ बाँडफाँट

१० चैत, काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई चैत ९ गते आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि प्रतिशेयर रू. १०० अंकित दरको ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । आईपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भैरहेको कम्पनीको भनाई छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment