जुवा तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

१० चैत, भक्तपुर । भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ४५ वर्षीय बिष्णु थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय राजन थापा क्षेत्री लगायत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६५ हजार १ सय ८० रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

साथै नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-१ मौलाकालिका गेट नजिकै होटल ग्रिन फोरेस्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय नवराज क्षेत्री लगायत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २५ हजार ५ रुपैयाँ, १ हजार ६ सय १० भारतीय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment