आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु, बंगलादेश र किर्गिस्तान भिड्ने

१० चैत्र, काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ ।

पहिलो खेलमा आज बंगलादेश र किर्गिस्तानले खेल्दैछन् । प्रतियोगितामा नेपालका लागि गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् ।

नेपाली टोलीको तयारी राम्रो भएकाले नतिजा पनि सुखद नै आउने अपेक्षा गरिएको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनको भनाइ छ । नेपाली टोलीमा चोटको समस्या नरहेको र लामो समयदेखिको अभ्यासका कारण राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिने महर्जनले बताएका छन् ।

उपकप्तान रोहित चन्दले घरेलु मैदानमा हुने खेललाई लिएर आफू उत्साहित रहेको बताएका छन् । नेपालले आफ्नो पहिलो खेल १२ गते बिहीवार किर्गिस्तानसँग खेल्नेछ । नेपालले दोश्रो खेल चैत १४ गते बंगलादेशसँग खेल्नेछ । त्रिदेशीय लिगको फाइनल खेल चैत १६ गते हुनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment