थ्री नेसन्स कप – दर्शकले अनिवार्य मास्क लगाउनु पर्ने


१० चैत, काठमाडौं । दशरथ रंगशालामा मंगलबार सुरु हुने थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

मन्त्री तामाङले साँझ ५ः३० बजे उद्घाटन गर्ने जनाएको छ । उद्घाटन खेल बंगलादेश र कीर्गिस्तान यू २३ बीच हुनेछ । कोभिड १९ का कारण दर्शकका लागि एन्फाले केहि मापदण्ड तोकेको छ । दर्शकले तापक्रम नाप्ने, सेनिटाइजर अनिवार्य लगाउनु पर्ने, भौतिक तथा समाजिक दूरी कामय गर्ने र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने एन्फाले प्रेस विज्ञप्तीमार्फत उल्लेख गरेको छ ।

एन्फाले भिआइपीतर्फ १ सय ५ सय र साधारण प्यारापिटतर्फ ७ सय रुपैयाँ तोकेको छ । नेपाल र कीर्गिस्तानबीच चैत १२ गते प्रतिस्पर्धा हुनेछ । नेपाली टोलीले अर्को खेल चैत १४ गते बंगलादेशसँग खेल्ने छ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीबीच चैत १६ गते फाइनल हुनेछ ।

१ करोड खर्च हुने अनुमान गरिएको प्रतियोगिताबाट १ लाख ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले ५ हजार दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment