‘प्रचण्ड’को राजनीति लाजै मर्दाे : कमल थापा

०९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाउदै सरकारको समर्थन फिर्ता नलिएर ‘प्रचण्ड’ले लाजमर्दो राजजनीति गरेको राप्रपा अध्यक्ष कमल थापाले टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष थापाले सोमबार ट्वीट गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीति लाजमर्दो भएको टिप्पणी गर्नु भएको हो ।

२ पटक प्रधानमन्त्री भइसक्नु भएको ‘प्रचण्ड’ले केही समय अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशका प्रधामन्त्रीलाई बर्षैँदेखि बिदेशीबाट पालित पोषित भनेर आरोप लगाउदा आश्चार्य लागेको अध्यक्ष थापाले बताउनु भएको छ ।

प्रधानमन्त्रीलाई गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायम राख्ने लाजमर्दो राजनीति भन्दै अध्यक्ष थापाले प्रचण्डलाई प्रतिकृया दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले केहीदिन अघि एक सार्वजनिक रुपमा प्रधानमन्त्री ओलीलाई बिदेशीले पालन पोषण गरेर राखेको आरोप लगाउनु भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment