राजनीतिक मूल्यमान्यताको आधारमा ओलीले राजीनामा दिनुपर्छ : नेता सिंह

०८ चैत, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मूल्यमान्यताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताउनु भएको छ । आइतबार नेकपा (एमाले) र माओवादी केन्द्रबाट दर्जनौँ कार्यकर्ताहरु नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

आइतबार आफ्नै निवासमा नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरि नेपाली काँग्रेसमा आएका कार्यकर्ताहरुलाई स्वागत गर्दै नेता सिंहले नयाँ सरकारको लागि ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन । जसपाले पनि राजीनामा मागेको त छैन । तथापि प्रधानमन्त्री ओलीले राजनीतिक मूल्यमान्यताका आधारमा राजीनामा दिनुपर्छ।’

नेकपा माओवादी केन्द्रलाई समर्थन फिर्ता गराउनका साथै (जसपा)लाई पनि प्रधानमन्त्री ओलीलाई राजीनामा दिलाउनको लागि आवाज उठाउन प्रतिपक्षी दल नेपाली काँग्रेस तयार रहेको नेता सिंहको भनाइ थियो ।

नेपाली काँग्रेसले प्रधानमन्त्रीको न्यूनतम नैतिकता पनि नदेखेको नेता सिंहले बताउनु भयो । कम्युनिष्टहरुले जनताबाट प्राप्त ५ वर्षको म्यान्डेटलाई पूरा गर्न नसकेको नेता सिंहले आरोपसमेत लगाउनु भएको थियो ।

उहाँले अब बाँकी रहेको समयलाइै राजनीतिक अस्थिरताबाट बचाएर राजनीतिक दलहरुले जनता र राष्ट्रको हितमा रहेर काम गर्नुपर्ने नेपाली काँग्रसको माग रहेको बताउनु भयो । तर प्रधानमन्त्री ओलीमा राजनीतिक व्यक्तिमा हुनुपर्ने अलिकति पनि नैतिकता नरहेको बताउनु भयो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment