काेदाे काे राेटि र टमाटरकाे अचार जस्ताे मिठाे लाग्दैन मलाई पिज्जा र बर्गर

याेगेन्द्र खरेल

०७ चैत, लिस्वाेन (पाेर्चुगल) । आज प्रदेश पसेकाे पनि तीन बर्ष पूरा भएछ । केही रहर र केही बाध्यताकाे बिचमा प्रदेश पसेकाे म जस्तै लाखाै युवाहरुले आफू प्रदेश पसेकाे दिन सम्झदा केही न केही भावुक हुन्छन हाेला । आज म पनि केही भावुक बनेकाे छु, आफ्नो बिगत र बर्तमान काे तुलना गरेकाे छु र आत्मसमिक्षा गरेकाे छु । आफू भित्रै उठेका केही प्रश्नहरुकाे जवाफ आफू भित्रै खाेजिर हेकाे छु । म प्रदेश पस्ने बेला म संग भएकाे भन्दा धेरै कुरा गुमाएको अनुभव गरेकाे छु ।

म बसेकाे शहर सुन्दर छ शान्त छ । केही प्राकृति सुन्दरतामा केही कृतिम सुन्दरता थपेर सुन्दरता मै रिमिक्स गरिएकाे छ । नजिकै निकै सिंगारिएका पार्कहरु छन खचाखच खादिएका सुन्दर घरहरु छन, शान्त भएर सयाै गाडिहरु एकसाथ गुडेका छन , धेरै मान्छेहरुकाे आवतजावत छ तर निकै शालिन छन सबै जना, सबै जना ब्यस्त छन ।

ठुला ठुला समुन्द्र छन । समुन्द्री तटहरुमा हजाराै मानिसहरु मनाेरन्जन गरिरहेका छन । बिकिन लगाएका खैरेनिहरु आउने गरि समुन्द्रमा खिचिएका फाेटाहरु मा म पनि ङ्गिच्च हासेर खिचिएका फाेटाहरु हेप्पि डे, हेप्पि हाेलि डे भनेर सामाजिक सन्जालमा राखिरहेकाे छु । म आफू खुसि छु या छैन, तर अरुकाे सामु खुसि नै छु है भन्ने बनाइरहेकाे छु । प्रदेशमा संघर्षकाे कथा प्रायःजसो सबैकाे एकै किसिकाे हुन्छ । सबैले एउटै खाले समस्याहरु संग जुधिरहेका हुन्छन । प्रदेश पस्ने तरखरमा रहेकाे मेराे एक साथिले हिजाे फाेनमा साेधेकाे थियाे, बिदेशमा त माेज छ है ? म अक्क न मक्क भए, केही बेर पछि जवाफ दिए अ माेज छ भन्नू पर्याे । मैले उ संग केही झुट बाेले जुन मेराे बाध्यता थियाे । मैले हैन के माेज हुनु प्रदेश मा भनेकाे भए देखि उसले मलाई पत्याउदैन थियाे, उसले मलाई नै झुट भन्थ्याे ।

म बस्ने ठाउँ नजिकै ठुला ठुला पार्कहरु छन , ति पार्कहरुमा राेपिएका घाँस र बिरुवाहरु छन । तिनिहरुले मलाई लाेभ्याउन सक्दैनन, किनकि तिनिहरुमा प्राकृति साैन्दर्यता छैन । आफै उम्रेका हरिया घासे मैदान र सयाै थरिका रंगिन बिरुवा संगै रमाउने बानि परेकाे म एउटा गाउले नेपाली लाई, त्याे कृतिम साैन्दर्यताले के काे लाेभ्याउ सक्थ्याे हाेला र । त्यहा विभिन्न आकारमा पानी बग्ने फाेहरा हरु प्रसस्त छन तर तिनिहरुले मलाई आनन्द दिन सक्दैनन म गाउघरमा रहेका खहरे खाेलाहरुमा कलकल गर्दै बग्ने पानी संग रमाउने बानी परेकाे मान्छे लाइ कसरि आनन्द दिन सकाेस त ती फाेहराहरुले ।

म हरेक समय सम्झन्छु त्याे मेराे प्याराे मातृभुमि ती हरिया घासेमैदानहरु ,कलकल सफा पानी बग्ने ती खहरे खाेलाहरु । निकै सुन्दर छ म जन्मेकाे त्याे गाउँ जसकाे पुछारमा शान्त र शालिन भएर बगेकाे रुद्रावति नदि त्याे संगै समेटिएकाे समतल खेति याेग्य भुमि त्यसपछिकाे मध्ये पहाडी राजमार्ग र संगै बनेेका ससाना बजारहरु त्याे भन्दा माथि पट्टि टमक्क मिलेर बसेकाे गाउँ र सबै भन्दा माथि हरियाे जंगल । यहि सुन्दताले भरिएकाे गाउले म याे शहरमा कसरि सन्तुष्ट हुन सक्छु हाेला र कसरि आनन्द लिन सक्छु हाेला र ?

भाेक लाग्दा खाना खाजा काे रुपमा बिश्व मै उत्कृष्ट मानिएका पिज्जा, बर्गर उपलब्ध छन तर यी खाएर म कसरी सन्तुष्ट हुन सकुला र ताताे ताताे काेदाे काे राेटि टमाटर काे अचारमा डाेबेर खाने बानि लागेकाे म गाउँले । म ती पिज्जा बर्गरहरुमा त्याे स्वाद पाउन सक्दिन जुन काेदाकाे राेटिमा पाउथे । पुस माघ काे जाडाेमा पारिलाे घाम लागेकाे बेला आगनकाे डिलमा सातघरे गुन्द्री माथि बिछ्याइएको गलैचामा बसेर घाम ताप्दै, भुटेका मकै र भटमास खाने बानि लागेकाे म पार्कहरुमा बसेर पपकाेन खादा के आनन्द महुस गर्न सकुला र ? अह कुनै हालतमा सक्दिन ।

घरमा हिटर, कुलर, पंखा सबैकाे ब्यबस्था छ । गर्मि माैसममा खाेलेकाे कुलर ले घरकाे बाहिर आगनकाे डिलमा भएकाे इपिलिपिकाे रुखले जस्ताे शितलता दिन सक्दैन । घरमा चिया पकाउदा चिनि नहुदा डाडु लिएर छिमेकिकाेमा पैचाे चिनि लिएर चिया खाएकाे त्याे दिन । म घरमा बिरामि हुदा सबै छिमेकि जम्मा भएर मलाई बाेकेर हस्पिटल लगेकाे त्याे दिन पल्ला घरे काकिकाे मृत्युु हुदा सबै गाउले जम्मा भएर दुख ब्यक्त गरेकाे त्याे दिन । छिमेकि काका काे खेतमा राेपाई हुदा खेतालाले ढाटेपछि खेत लगाउन म गएकाे त्याे दिन । ती सबै सम्बन्धहरुमा कुनै स्वार्थ थिएन । म र मेराे छिमेकि आर्थिक रुपमा गरिब थियाै तर मनका धनी थियाै ।

यस्ताे परिवेशमा जन्मेकाे हुर्केकाे मान्छे के प्रदेश मा सन्तुष्ट हुन सक्ला त ? अहिले प्रदेशमा म छु र नया मेरा छिमेकी छन , आर्थिक रुपमा धनि छाै तर हामी मानवीय रुपमा गरिब छाै । हामी पैसामा जति धेरै धनी हुँदै गइरहेका छाै त्यति नै मानवीय रुपमा गरिब हुँदै गइरहेका छाै । हिजाे पल्ला घरे जाेन काे छाेरा बिरामी भएर रातारात हस्पिटल लगेछन, हामिले अत्तोपत्तो पाएनाै । आज मेराे घरमा चिनि सकिएकाे बेला डाडु लगेर लाैन चिनि भन्दै पैचाे माग्ने ठा‌उ छैन । छिमेकमा कसकाे जन्म भयाे कसकाे मृत्युु भयाे अत्तोपत्तो हुदैन के यस्ताे ठाउँमा सन्तुष्ट छु हाेला त म ?

म बिल्कुल सन्तुष्ट छैन प्रदेशमा । यहाँ एक्लै तर संगसंगै काे जिबन बिताइरहेकाे छु । जागिर छ पैसा छ तर मानवता छैन । धनि मनहरु छन तर निस्वार्थि मनहरु छैनन । यहाँ म संग धेरै चिज हुँदै गर्दा पनि म केही नभएकाे अनुभव गर्दैछु किन कि म संग माता र मातृभुमि छैन । मलाई जन्म दिने माता पिता र मलाई न्यानाे काख दिने मातृभूमि बिना म कुनै हालतमा सन्तुष्ट हुन सक्दीन ।
विदेश पस्न कसैकाे रहर हाेइन बाध्यता हाे ।

जय देश जय नेपाल



मल्टिमिडिया ग्यालरी

businessInternationalnepalPortugalYogendra Kharel
Comments (0)
Add Comment