स्कुल बालबालिकाहरु लाई पोसाक सहयोग

महेश सिंह

०७ चैत, सिरहा लहान ।
महिला संघ की केन्द्रिय सदस्य संगिता कार्माचार्य द्धारा स्कुल पोसाक सहयोग वितरण गरेको छ।सिरहाको लहान नगरपालीका ११ स्थित रहेको पडरिया माबिका ५१ जना गरिब पीडित र अपाङ्ग असहाय, दलित,जेहेन्दार बालबालिकाहरुलाई स्कुल पोसाक र कापी पेन्सिल सहयोग गरेका छन्।

काङ्ग्रेस नेता महेश चौधरी र उनकी श्रीमती संगिता कार्माचार्य ले संघीय राजधानी काठमाडौं स्थित रहेको लिटल एन्जल स्कुल र लहान स्थित रहेको एपोलो ॐ बोर्डिङ स्कुल लहानको सहयोगमा श्रीमान महेश चौधरी र श्रीमती संगिता कार्माचार्य ले ५१ जना बालबालिकाहरुलाई पोसाक को कपडा वितरण गरेका हुन ।

पोसाक ग्रहण गर्दै विद्यार्थी बालबालिकाहरुले अति नै खुशी भएका थिए। यता स्कुलका प्रधान अद्य्यापक लगायत शिक्षक ,शिक्षिकाहरुले समाज सेबि चौधरी र कर्माचार्य की नै सराहनीय काम गरेको प्रसंसा गरेका थिए।

पछी समय उनले गरेको काम निकै नि जग्जाहेर रहेको छ। उनि सिरहामा निकै चर्चा र लोक प्रियता कमाएका हुन । केहि दिन अगाडि उनले गोलबजार निपनियाका पीडित परिवारलाई चामल तेल नुन समेत सहयोग गरेका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment