क्लासिक मोटरसाइकल उत्पादक कम्पनी जावाले सार्वजनिक गर्‍यो ७ लाख महँगो मोटरसाइकल

०६ चैत, काठमाडाै । क्लासिक मोटरसाइकल उत्पादक कम्पनी जावाले लाखभन्दा महँगो मोटरसाइकल नेपाली बजारमा ल्याएको छ ।

जावाको लागि नेपालको आधिकारिक वितरक अग्नि मोटो इंकले ‘जावा पेराक’ सार्वजनिक गरेको हो । जावा पेराक बीएस-सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनमा उपलब्ध छ, जसले ३०० एचपी पावर र ३१ एनएम टर्क उत्पन्न गर्छ ।

६ स्पिड ट्रान्समिसनको यो मोटरसाइकलमा ट्वीटेड चेसिस चेसिस र स्विङ आर्मसहितको कम र लामो आकर्षक आकारको छ । सौन्दर्यलाई ध्यानमा राखेर जावा पेराकमा फ्लोटिङ सिंगल सिट छ, जसको मुनि गोलो ब्रेक लाइट छ ।

पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोकस छ भने पछाडि मोनोशक सस्पेन्सन छ । दुवै पाङ्ग्रामा सिंगल डिस्क ब्रेक रहेको पेराकमा डुअल च्यानल एबीएस पनि उपलब्ध छ ।

कम्पनीले पेराकको मूल्य ७ लाख ५० हजार निर्धारण गरेको छ । शहर र राजमार्गमा हाँक्न बाइक निकै रोमाञ्चक रहेको जावा मोटरसाइकल, नेपालका महाप्रबन्धक शरद मिश्रले बताए ।

RITZShikhar Insurance
‘पेराक नेपाली बजारमा सफल हुनेछ, विशेषगरी युवा र मोटरसाइकल प्रेमीमाझ सफल हुनेमा हामी विश्वस्त छौँ,’ उनले भने । पेराकको बुकिङ गर्न काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाको आउटलेटमा गर्न सकिने छ ।

जावा स्लोभाकियाको मोटरसाइकल ब्रान्ड हो, जसको ९० वर्ष लामो इतिहास छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment