युनाइटेड फाइनान्सको २४औँ शाखा धनगढीमा

६ चैत्र, काठमाडौं। युनाइटेड फाइनान्स लिमिटेडले सुदुरपश्चिम प्रदेशकै पहिलो शाखाको रुपमा धनगढी, कैलालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
फाइनान्सले बिहीबारदेखि कैलाली धनगढी चौराहामा आफ्नो २४औं शाखा सञ्चालनमा ल्याएको हो ।

बिहीबार आयोजित उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ, कैलालीका अध्यक्ष पुष्पराजकुवर र फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बैंकिङ प्रणालीमा सबैको पहुँच पुर्‍याउनका लागि बैंकिङ प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताउनुभयो । नयाँ शाखा सञ्चालनमा आएसँगै फाइनान्सको शाखा कार्यालयको संख्या २४ पुगेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment