मुक्तिनाथ विकास बैंकको ‘होली सप्ताह अफर’

६ चैत्र, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्तर्गत चैत्र ०६,२०७७ देखि चैत्र १३ गते, २०७७ भित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमारु १०० मा नैमुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदनपनि यहि अफर समय अवधि (चैत्र ०६ चैत्र देखि चैत्र १३ गते भित्रदिनु पर्नेछ । साथै ग्राहकले खाताखोलेको मिति देखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निःशुल्क लिन सक्नेछन् ।

यस होली सप्ताह अफरसँगै ग्र्राहकले चाहानुभएमा निःशुल्क खातापनि बैंक मार्फत खोल्न सक्नु हुनेछ । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थितनभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment