नेपाल फाइनान्सको पाँचौँ शाखा गैँडाकोटमा

०६ चैत, काठमाडौं । नेपाल फाइनान्सले नवलपरासीको गैँडाकोटमा शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका–२८ मा केन्द्रीय कार्यालय रहेको फाइनान्सले गैँडाकोट नगरपालिका–४, गैँडाकोट बजारमा स्थापित नयाँ शाखाको बुधबार उद्घाटन गरेको हो ।

नेपाल फाइनान्स सञ्चालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले नयाँ शाखाको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालकहरु चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद गौतमको उपस्थिति थियो ।

यसैगरी, कार्यक्रममा स्थानीय बुद्धिजीवी तथा प्रतिष्ठित व्यावसायीहरु महेन्द्रध्वज जि.सी., अमृत भट्टचन, गोपाल सापकोटा, चित्रध्वज जि.सी.लगायतको सहभागिता रहेको फाइनान्सले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment