सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढ्यो

०५ चैत, काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ८७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ८६ हजार ७५० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ८६ हजार ९ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८६ हजार ४५० सय रुपैयाँ निर्धारण भएको थियो ।  



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment