भारतद्वारा इङ्ग्ल्यान्ड ७ विकेटले पराजित

०४ चैत, काठमाडौं । भारत र इङ्ग्ल्यान्डबीच अहमदाबादमा भएको टी-ट्‍वान्टी खेलमा घरेलु टोली भारतले इङ्ग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गर्दै इङ्ग्ल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

भारतको जितमा डेब्यु खेलाडी इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय इनिङ्स खेले । डेब्यु खेलमै अर्धशतक बनाएका किशनले ३२ बलमा ५ चौका र ४ छक्कासहित ५६ रन बनाए । कप्तान कोहली ७३ रनमा अविजित रहे । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

उता इङ्ग्ल्यान्डका साम करण, आदील राशिद र क्रिस जोर्डनले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । यस जितसँगै भारतले ५ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यसअघि भएको पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment