आज नेप्से कारोबारमा हरीयाली

०४ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन आज (बुधबार) हरीयाली छाएको छ ।

आज नेप्से ४०.४० अंकले बढेर दुई हजार चार सय ३२ दशमलब १५ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज ३ अर्ब ३७ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये छ कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।

चन्द्रागीरी हिल्स, जोशी हाइड्रोपावर कम्पनी, ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, युनाइटेड इदिमर्दी हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको नेप्सेले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

digitalkhabarnepseshare market
Comments (0)
Add Comment