मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दृष्टि आइ केयर सिस्टममा २० प्रतिशतसम्म छुट

०४ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दृष्टिआइ केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वाहक ग्राहकहरुले दृष्टिआइ केयर सिस्टमबाट ओपीडि, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । दृष्टि आइ केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चावहील, नयाँबानेश्वर, झापा र बीरगञ्जमा रहेका छन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिषा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment