पूरुष टिमको प्रशिक्षक पहिलो महिला बनिन् सारा

०४ चैत्र, काठमाडाै । ईङ्गलिस काउन्टी क्रिकेट क्लब ससेक्सले सारा टेलरलाई आफ्नो टिमको विकेटकिपर प्रशिक्षक नियुक्त गरेको छ ।

ईङ्गल्याण्डकी पूर्व विकेटकिपर ब्याटर सारा ईङ्गलिस काउन्टी क्रिकेट क्लब ससेक्सको पूरुष टिमलाई विकेटकिपिङ्ग प्रशिक्षण गराउने छिन् ।

उनी पूरुष क्रिकेट टिमको प्रशिक्षक बन्ने पहिलो महिला समेत बनेकी छिन् ।

ससेक्सले एक विज्ञप्ति जारी गर्दै सारालाई विकेटकिपर प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।

‘आगामी सत्रको काउन्टी क्रिकेटका लागी सारालाई टिममा समेल गर्न पाउदा ससेक्स क्रिकेट खुसी छ, उनले जोडीले पेशेवर टीम र ससेक्स क्रिकेटका अन्य कोचिङ्ग स्टाफसंग मिलेर काम गर्ने छिन्,’ विज्ञप्तिमा भनिएको छ ।

साराले ईङ्गल्याण्डका लागी १३ बर्ष सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छन् । उनले ईङ्गल्याण्डका लागी २ सय २६ अन्तर्राष्ट्रिय खेल खेल्दा विकेट पछाडी बाट क्याच र स्टम्पिङ्ग गर्दै २ सय २७ खेलाडीलाई मैदान बाहिर पठाएकी छन् ।

उनी महिला क्रिकेटमा विकेटकिपरको रुपमा सबै भन्दा बडी खेलाडीलाई मैदान बाहिर पठाउने विकेटकिपर हुन् ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटका सबै प्ररुपमा ७ हजार भन्दा बढी रन समेत बनाएकी छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment