सुष्मा वल्ड च्याम्पियनशिपमा छनोट

०३ चैत, काठमाडौं । नक्शालकी सुष्मा तामाङ आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन् । उनले आफ्नी प्रतिद्धन्दी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथी अंकका आधारमा ३–२ को कठिन जित हात पारिन ।

त्यसै गरि ६० केजी तौल समूहमा बक्समाण्डौंकी डेचेन शेर्पा फाईनलमा प्रबेश गरेकी छन् । उनले झापाकी सुस्मिता राईलाई अंकका आधारमा ५–० को स्कोरमा हराईन । उनले बुधवार हुने फाईनल खेलमा आरडीएस क्लबकी सुमिना खड्काको चुनौतीको सामना गर्ने छिन । खड्का ६० केजी तौल समूहमा वाई पाएर फाईनल प्रवेश गरेकी थिईन् ।

छनोट खेलमा तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,बरिष्ठ उपाध्यक्ष अर्जुनवहादुर केसीलगायतको उपस्थिति रहेको थियो । आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म संचालन हुनेछ ।
फोटो १ ) ४८ केजी तौल समूहमा निलो बिजेता ।

फोटो ३ र ४ ) ६० केजी तौल समूहमा रातो डेचेन शेर्पा निलो सुस्मिता झापा ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment