ज्योति लाइफ इन्स्योरेन्स आइपीओ अर्को हप्ता बाँडफाँड

०३ चैत, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ अर्को हप्ता मात्र बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले चैत्रको दोस्रो सातामा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

क्यापिटलका अनुसार रुरु जलविद्युत परियोजनाले आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि निष्काशन गरेको आईपिओ बाँडफाँड गरेपछि मात्र ज्योति लाइफको आईपिओ बाँडफाँड गरिने छ ।

आईपिओमा १८ लाख ४२ हजार ४ सय ६९ जना आवेदकले आवेदन दिएका छन् । लगानीकर्ताको संख्याको हिसाबमा कुनै पनि आईपिओमा साढे १६ लाख बढीको आवेदन परेको यो नै पहिलो पटक हो ।

कम्पनीले १०० अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने ब्यबस्था थियो ।

माग भन्दा बढीको आवेदन परेकोले ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाउने छन् । आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment