महिला लघुवित्तको प्रतिकित्ता ४३८ रुपैयाँमा भयो पहिलो कारोवार

०३ चैत, काठमाडौं । महिला लघुवित्तको स्पेशल प्रि ओपन सेसनमा पहिलो शेयर कारोबार भएको छ।

मंगलबार पहिलोपटक लघुवित्तको प्रतिकित्ता ४३८ रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको हो ।

सोमबार लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको शेयर सहित १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले लघुवित्तको शेयरलाई ३१३ रुपैयाँ १६ पैसा देखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो।

सोहि रेञ्जमा रहेर मंगलबार लघुवित्तको पहिलो कारोबार भएको हो।

दोस्रो बजारमा शेयर कारोबारको लागि कम्पनीले एमएलबीएसएस कारोबार संकेत पाएको छ। सोहि संकेतमा मंगलबार कम्पनीको पहिलो कारोबार भएको हो।



मल्टिमिडिया ग्यालरी

digitl khabar
Comments (0)
Add Comment