दुई जनाले यात्रा गर्न मिल्ने ‘माइक्रोलीनो’ इलेक्ट्रीक कार

०३ चैत, काठमाडाैं । माइक्रोलीनो इलेक्ट्रीक कार बजारमा आउने भएको छ । लामो समयदेखि बजारमा आउने भनिएपनि यसको उत्पादनमा ढिलाई हुँदै आएको थियो । कम्पनीले जेनेभा मोटर शो २०२० मा यसलाई उतार्ने तयारी गरेको थियो तर, कोभिड १९ को संक्रमण बढ्दै जाँदा जेनेभा मोटर शो रद्ध भएको थियो । कम्पनीले अबभने यसको उत्पादन सुरु भएको घोषणा गरेको छ ।

सहरी क्षेत्रलाई ध्यानमा राखेर तयार भएको ‘माइक्रोलीनो २.०’ यहि वर्षको सेप्टेम्बरमा बजारमा उतार्ने कम्पनीले योजना बनाएको छ । सुरक्षा फिचरमा विशेष जोड दिएर तयार भएको यो सानो इलेक्ट्रीक कारको कुल तौल ५१३ केजी मात्रै रहेको कम्पनीले जनाएको छ । यसको उच्चगति ९० किलोमिटर प्रतिघन्टा रहेको छ । यसलाई घरायसी विद्युतबाट ४ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।

बिएमडब्ल्यू आइसेटाबाट प्रेरित रहेर तयार पारिएको यो इलेक्ट्रीक कार यूरोपीयन बजारलाई ध्यानमा राखेर उत्पादन गर्न लागिएको हो । स्टील र आल्मुनियमको प्रयोगबाट तयार पारिएको यो गाडी निकै आरामदायी हुने कम्पनीको दाबी छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment