ग्रीन लाइफ हाइड्रोपावरको पहिलो दिनको कारोवार हरीयाली तर्फ: शेयरमा १० प्रतिशत बृद्धी

०३ चैत , काठमाडौं । आज (मंगललबार)देखि कारोबार शुरु भएको ग्रीन लाइफ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । नेप्सेका अनुसार कारोबार शुरु भएकै दिन यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता २९ रुपैयाँले बढेर ३२८ रुपैयाँ पुगेको हो ।

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ९९ दशमलव ६७ देखि २९९ दशमलव ०१ रुपैयाँको मूल्य रेञ्ज तोकेको थियो । प्रि ओपनिङ सेसनमा पहिलो कारोबार २९९ मा भएपछि नियमित सेसनमा सोही मूल्यबाट शेयर कारोबार खुला भएको हो ।

त्यस्तै, केहि हप्तादेखि निरन्तर ओरालो लागेको नेप्सेमा पनि आज सामान्य सुधार देखिएको छ । यो समाचार तयार पार्दासम्म नेप्से एक अंकले बढेर करिब दुई अर्बको कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment