बजाजको नयाँ अफरः २ लाखको मोटरसाइकलमा १० लाखसम्म नगद छुट

०३ चैत, काठमाडाैं । बजाजले आजदेखि लागु हुनेगरि नयाँ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले बजाज शून्य अफर नामक स्कीम सार्वजनिक गरेको हो ।

यो योजनामा शून्यलाई आधार मानेर विभिन्न स्कीम ल्याइएको कम्पनीले जनाएको छ । यसमा शून्य प्रतिशत ब्याजमा बजाजका कुनैपनि मोटरसाइकल ग्राहकले खरिद गर्न सक्नेछन् । त्यसको लागि ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यसरी मोटरसाइकल किन्दा बाँकी कर्जा वापतको रकम १८ किस्तामा भुक्तानी गर्दा कुनै ब्याज नलाग्ने कम्पनीले जनाएको छ ।

यस्तै बजाज शून्य अफरमा ग्राहकले मोटरसाइकल खरिद गरे पश्चात् शून्यको आधारमा नगद छुट प्राप्त गर्नेछन् । यो स्कीममा ग्राहकले कम्तीमा १० हजारदेखि १० लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्ने अवसर रहेको छ ।

बजाज शून्य अफर नेपालभर रहेको बजाजको आधिकारिक शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ । त्यस्तै बजाजको सबै मोटरसाइकलमा यो योजना लागु हुनेछ । बजाजको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा नै एसेम्वल भएका प्लाटीना, डिस्कभर, पल्सर सिरिज १२५, १५०, २२०, एनएस १६०, एनएस २००, एभेन्जर १६०, एभेन्जर २२० विक्री गर्दै आएको छ । यस्तै बजाज डोमिनार २५० र ४०० समेत विक्री गर्दै आएको छ ।

कम्पनीले विक्री गर्ने सबैभन्दा कम मूल्यको मोटरसाइकल प्लाटिनाको मूल्य १ लाख ८१ हजार ९०० रुपैयाँ रहेको छ भने सबैभन्दा महंगो मोडल डोमिनार ४०० को मूल्य ५ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment