प्रतिनिधि सभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

०३ चैत, काठमाडौं । पुनर्स्थापित संसदको तेस्रो बैठक बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। यस अगाडि दुईवटा बैठक बसे पनि कुनै एजेन्डा प्रवेश गर्न पाएको छैन। मंगलबार बस्‍ने बैठकमा पनि कुनै बिजनेस छैन र शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा राखिएको छ।

मंगलबारको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा पूर्वसांसद दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने मात्र उल्लेख छ। २०७० सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बाँके २ बाट यादव निर्वाचित भएका थिए । २०७७ माघमा यादवको निधन भएको थियो ।

दलीय झगडामा अल्झियो संसद्, मंगलबारको बैठकमा पनि शोक प्रस्ताव मात्रै

यसअघि फागुन २६ गतेकै बैठक पनि पूर्व र बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर सकिएको थियो। सत्तारुढ र अन्य दलहरूबीचको झगडाका कारण संसद चलाउन सभामुखलाई सकस परेको छ।

गत पुस ५ गते प्रधानमन्‍त्री ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापना गरेको थियो। संसद पुनर्स्थापनापछि मुलुकले निकास पाउने आम आशा विस्तारै निराशामा परिणत हुँदैछ र राजनीतिक संक्रमणले झन् जटिल रुप लिएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment