सुनको मूल्य लगातार दोश्रो दिन पनि स्थिर, चाँदी भने निरन्तर वृद्धि

०३ चैत, काठमाडाैं । सुनको मूल्य लगातार दोश्रो दिन स्थिर रहेको छ । चैत ३ गते मंगलबार सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यस साताको पहिलो कारोबार दिनदेखि सुन यसै मूल्यमा किनबेच भइरहेको हो ।

सुनको भाउ स्थिर रहेता पनि चाँदीको भाउ भने निरन्तर वृद्धि भइरहेको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढ्दा प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार हुँदैछ । सोमबार पनि चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २७५ रुपैयाँ तोकिएको थियो ।

मंगलबार अन्तरराष्ट्रिय बजारमा भने सुनचाँदीको भाउमा बढोत्तरी भएको छ । यस दिन सुन प्रति अउन्स चार डलरभन्दा बढिले बढेर प्रति अउन्स एक हजार ७३६ डलर बराबरमा खरिदबिक्री हुँदैछ ।

चाँदी पनि सामान्य रुपमा उकालो लागेर प्रति अउन्स २६ डलर भन्दा धेरैमा किनबेच भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment