प्रि–मनसुनमा ठूलो पानी पर्दैन ? मौसमविद्

०३ चैत, काठमाडौं । नेपालमा केही दिनयता स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्थानीय वायुको प्रभावले हावाहुरी, मेघगर्जन र चट्टयाङ्गसहित ठूलो वर्षा हुने भए पनि यो वर्ष अहिलेसम्म ठूलो वर्षा भएको छैन ।

“स्थानीय वायुको प्रभावले ठूलो वर्षा हुन्छ । तर, यो वर्ष आजसम्म धेरै ठूलो वर्षा हुन सकेको छैन,” मौसमविद् राजु प्रधानाङ् भन्छन्, “तत्काल अझै ठूलो वर्षाको सम्भावना छैन । अझै कम्तीमा तीनदिन ठूलो पानी पर्ने सम्भावना मौसमी प्रणालीमा देखिएको छैन ।”अहिले प्रि–मनसुन चलिरहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागको केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच, काठमाडौंको आजको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २५–२७ डिग्री सेल्सियस पुग्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्ले जानकारी दिए ।

उनका अनुसार आज काठमाडौंको मौसम दिनभर बदली हुने छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment