म्यानमारको सैनिक शासन विरुद्ध दूतावास अगाडी मानव अधिकार तथा शान्ति समाजको विरोध

०२ चैत, काठमाडौं । म्यानमार (बर्मा)मा भैरहेको हत्या र दमन विरुद्ध, राजनितिक बन्दिको विना सर्त अविलम्ब रिहाइ र लोकतन्त्रको बहालिका लागी भन्दै म्यानमारको सैनिक शासन विरुद्ध म्यानमारको दूतावास मानव अधिकार तथा शान्ति समाजले विरोध गरेका छन् ।

उक्त विरोध कार्यक्रम नेपालस्थित म्यानमार दुतावास नख्खु उकालो भैसेपाटी ललितपुर अगाडि आयोजना भएको हो ।

उक्त शान्तिपूर्ण विरोधका कार्यक्रममा मानव अधिकार कर्मी संगै समाजिक अभिन्याताहरुको उपस्थित रहेको छ ।

विरोध कार्यक्रमको आयोजना मानव अधिकार तथा शान्ति समाजद्वारा गरेको हो ।

विरोधमा विभिन्न विरोधका प्ले कार्डहरु बोकी दुतावास अगाडी शान्तिपूर्ण विरोध गरेको आयोजकले जानकारी दियो ।

मानव अधिकार तथा शान्ति समाजले त्यहाँ भइरहेको आन्दोलनमाथि दमन र हत्या विरुद्ध प्रदर्शन गरेको हो। 

सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन, राजनीतिक बन्दी रिहा गर, लोकतन्त्र स्थापना गर लगायतका नारा लेखिएका प्ले कार्ड सहित दूतावास अगाडि धर्ना दिइएको छन् ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाहकार एवं निवर्तमान सभापति उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा र सरस्वती ढकाल, सदस्यहरु बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, बटुकृष्ण ढुंगेल, गीता तिमल्सिना, दुर्गा राना, उमा गौतमसहित ६ दर्जन बढी अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

यसैगरी चितवन, बागलुङ, रुपन्देही, तेह्रथुम, पाल्पा र संखुवासभामा पनि चैत २ गते शान्ति समाजका शाखाहरुले बर्मामा भइरहेको हत्या र दमनको विरोध गर्दै लोकतन्त्र वहालीका लागि आग्रहसहित प्रदर्शन गरेका छन् भने दाङसहित १ दर्जन बढी शाखाहरुले प्रदर्शन गर्दैछन् ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment