आज बिश्व उपभोक्ता अधिकार दिवस

०२ चैत्र, काठमाडौं । आज बिश्व उपभोक्ता अधिकार दिवस रहेको छ । यही सन्दर्भमा राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले समाजिका सञ्जालबाट बिश्व उपभोक्ता अधिकार दिवस , १५ मार्चको अवसरमा शुभ कामना ! व्यक्त गरेका छन् ।

यही सन्दर्भामा अध्यक्ष महर्जनले गत बर्षको उपभोक्ता अधिकार दिवस लगतै शुरू भएको लकडाउन देखी अहिले सम्ममा धेरै नेपाली उपभोक्ता कोविड १९ को कारणले मृत्यु भयो, बिरामी भयो, संक्रमण भयो । जसकाे कारणले आम नेपाली जनताले अत्यन्त पीडा खेप्नु पर्याे बताएका छन् ।

महामारीले जति नेपालीलाई दुःख दियो त्यों भन्दा पनि अशह्य दुख र पीड़ा दैनिक उपभोग्य बस्तु तथा सेवाको अश्वाभाबिक मूल्यबृद्धिले दिएको कुरामा उनले जानकारी दिए ।

सरकारले उपभोक्ताको संबिधान प्रद्धत मौलिक हक़ अधिकारलाई सुरक्षित गर्न नसक्दा कालाबाजारी, मिसावटखोर, दलाल र अनुचित ब्यापारिक क्रियाकलाप गर्नेहरुको अराजकता रहेको गुनासो व्यक्त गरेका छन् ।

साथै जस्काे कारणले आम उपभाेक्ताले आफू शाेषित र पीडित भएकाे महसुस गर्नु पर्याे । जनताको लागी जनताले जनताद्वारा शासनगर्ने गणतान्त्रिक व्यवस्था वास्तबमा जनताको लागी लूटतंत्र साबित भयो ।



मल्टिमिडिया ग्यालरी