काठमाडौँ महानगरपालिकाद्वारा विश्व उपभोक्ता अधिकार दिवसको सचेतनामुलक कार्यक्रम सम्पन्न
०२ चैत्र, काठमाडौं । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम विहान काठमाडौं महानगरपालिकाको कार्यलय बागदरवारमा भएको हो । कार्यक्रम विहान ८ बजेबाट सुरु भएको थियो ।
कार्यक्रमको आयोजना कामनपाले गरेको हो । विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ सचेतनामुलक प्रभात फेरी र मूल समारोह कार्यक्रममा काठमाडौंका सिडियाे काली प्रसाद पराजुलिको उपस्थित जनाएका छन् ।
उनीहरुले उपभोक्ता हक अधिकार नारा भएका प्ले कार्डहरु बोके र्याली निकालेका थिए । र्यालीमा काठमाडौं महानगरपालिका कर्मचारी साथै अन्य व्यक्त्तिहरुको सहित ४० जानाको संख्यामा र्यालीमा बागदरबार हुदै सुन्धारा,भद्रकाली सभा गृह पुगेपछि मुल समाराेह हुने आयोजकले जानकारी दियो ।
