विश्‍वप्रसिद्ध बक्सिङ खेलाडी मार्भिनको निधन

०२ चैत, वासिङटन । विश्व प्रसिद्ध बक्सिङ खेलाडी मार्भिन हग्लरको ६६ वर्षको उमेरमा निधन भएको छ ।

१९८० देखि १९८७ सम्मका ‘मिडलवेट च्याम्पियन’ मार्भिनको आफ्नै फेसबुक पेजमा शनिबार निधनको खबर सार्वजनिक गरिएको छ । मार्भिनकी पत्नी के जीका अनुसार हग्लरको निवासमै निधन भएको थियो ।

‘ज्यादै दुखी घोषणा गर्नुपरेकोमा म क्षमाप्रार्थी छु । आज दुर्भाग्यवश मेरा प्रिय पति मार्भिनको न्यू ह्याम्प्सायरस्थित आफ्नै निवासमा असामयीक निधन भएको छ । हाम्रो परिवार तपाईँहरुलाई आग्रह गर्दछ कि यस जटिल घडीमा हाम्रो गोपनीयताको सम्मान गरिदिनूहोला’ मार्भिनकी पत्नीले फेसबुकमा लेखेकी थिइन् ।

१९७३ देखि १९८७ सम्म बक्सिङ खेलेका मार्भिनले आफ्नो खेल कौशल देखाएको उक्त समयावधिलाई खेल जगतमा स्वर्णयुग पनि मानिन्छ ।

विश्व बक्सिङ काउन्सिल र विश्व बक्सिङ संघबाट १९८० मा मिडलवेट टाइटल जितेका थिए । १९७६ देखि १९८६ सम्म उनले कहिल्यै हार्नु परेन । उनले त्यस अवधिमा ३६ वटा जित हासिल गरेका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment