२४ सय अंकमा झर्यो सेयर बजार

०२ चैत, काठमाडौँ । सेयर बजार परिसुचक २४ सय अंकमा झरेको छ । साताको सुरुवाती कारोवार दिन आईतबार नै बजार परिसुचक ५१ दसमलव २३ अंकले ओरालो लागेर २४ सय सात दसमलव २५ अंकमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये होटल तथा पर्यटन र जलबिद्युत उपसमुहको सुचक सामान्य अंकले बढेकाछन भने बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा उपसमुहको सुचक घटेकाछन ।

जसबाट ६० हजार नौ सय ७३ पटकको कारोवारमा ९९ लाख तीन हजार सात सय चार कित्ता सेयर किनबेच भएकाछन । उक्त परिमाणमा सेयर किनबेच हुँदा कुल कारोवार रकम चार अर्ब ९५ करोड २७ लाख २२ हजार एक सय ९५ रुपैयाँ पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दसमलव एक अंकले ओरालो लागेर चार सय ३५ दसमलव १३ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गतका दुई सय ११ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment