दोस्रो टी-ट्वान्टीमा भारतको जित

०२ चैत्र, काठमाडौँ । इंग्ल्यान्डविरूद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टिम भारत विजयी भएको छ ।

अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो ।

इंग्ल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतको जितमा डेब्यु खेलाडी इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय इनिङ्स खेले ।

डेब्यु खेलमै अर्धशतक बनाएका किशनले ३२ बलमा ५ चौका र ४ छक्कासहित ५६ रन बनाए ।

कप्तान कोहली ७३ रनमा अविजित रहे । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै ऋषव पन्तले २६ रन जोड्दा केएल राहुल सुन्य रनमा आउट भए । श्रेयस एयरले अविजित ८ रन बनाए ।

इंग्ल्यान्डका साम करण, आदील राशिद र क्रिस जोर्डनले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

इंग्ल्यान्डका जासन रोयले सर्वाधिक ४८ रन बनाए । कप्तान इयान मोर्गन २८ रनमा आउट भए । बेन स्टोक्स र डाविड मालनले समान २४/२४ रन बनाउँदा जोनी बेयर्स्टोले २० रन बनाए ।

भारतका सार्दुल ठाकुर र वासिङ्गटन सुन्दरले २/२ विकेट लिए । युजभेन्द्र चाहल र भुवनेश्वर कुमारले १/१ विकेट लिए ।

भारतको जितसँगै ५ खेलको सिरिजमा १-१ को बराबरीमा पुगेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment