हिमालयन बैंकको ७१औँ शाखा महेन्द्रनगरमा

०१ चैत्र, काठमाडौं ।  हिमालयन बैंक लिमिटेड (एचबिएल) ले सुदूरपश्चिम प्रदेशमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तारका क्रममा बैंकले महेन्द्रनगर रोड, अत्तरियामा २३ फागुनदेखि शाखा सञ्चालनमा ल्याएको हो ।

यो बैंकको ७१औँ शाखा हो । नयाँ शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

बैंकको देशभर गरी कुल ७१ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउन्टर र एटिएममार्फत वित्तीय सेवा दिँदै आएको छ । नेपालमा पहिलोपटक एटिएम भित्र्याएको यस बैंकका १ सय ४६ वटा एटिएम हाल सञ्चालनमा छन् । यससँगै बैंकको पिओएस टर्मिनल संख्या ४ हजार २ सय नाघेको बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शितल कोइरालाले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment