सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा प्राथमिक शेयर चैत ६ गतेदेखि

०१ चैत्र, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत ६ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।


निष्काशन गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ।

सर्वसाधारण लगानीकर्ताहरुले बाँकी २६ लाख ९७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो शेयर खरिदका लागि चैत १० गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप गरिनेछ। सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment