हशमतुल्लाह दोहोरो शतक बनाउने अफगानस्तानका पहिलो खेलाडी

 २९ फागुन, एजेन्सी । हशमतुल्लाह शाहिदी अफगानिस्तानका लागि टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी बनेका छन् । उनले जिम्बाबेसँगको खेलमा अविजित २०० रन  बनाउँदै कीर्तिमान कायम गरेका हुन् । उनले २१ चौका र एक छक्का प्रहार गरे ।

उनकै उच्च प्रदर्शनमा अफगानिस्तानले जिम्बाब्वेविरुद्धको दोस्रो टेस्टको पहिलो पालीमा ठूलो योगफल बनाएको छ । अफगानिस्तानले चार विकेटको क्षतिमा ५४५ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गर्यो ।

अफगानस्तानका कप्तान अस्घर अफगानले १६४ रन जोडे । इब्राहिम जद्रानले ७२ र नासिर जमालले अविजित ५५ रनको योगदान गरे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment