२४ घण्टाभित्र माओवादी केन्द्रका मन्त्रीलाई सरकार छाड्न निर्देशन

२९ फाल्गुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ ।

पेरिसडाडाँमा समपन्न स्थायी कमिटीको बैठकले मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।

हाल सरकारमा सात जना माओवादी केन्द्रका बाहालवाला मन्त्रीसहितका नेताहरु रहेका छन् ।

नेकपा केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकु दमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सहितका नेताहरुलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन दिएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment